Surya

Monday, September 12, 2022

परीक्षा सञ्चालनसम्बन्धी अत्यन्त जरुरी सूचना

September 12, 2022 0
परीक्षा सञ्चालनसम्बन्धी अत्यन्त जरुरी सूचना

Wednesday, February 17, 2021

शोक सभा सम्पन्न

February 17, 2021 0
शोक सभा सम्पन्न

,


२०७७ साल फागुन ६ गते बिहिबार,

मधुवन नगरपालिका वडा नं ८ बाँसपानीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रधानाध्यापक पदमा कार्यरत शिशिरकुमार बस्नेतको अल्पायुमा भएको असामहिक निधनका कारणले मधुवन नगरपालिका शोकमा डुबेको छ । वि.सं. २०२४ साल जेठ १७ गतेका दिन पिता दुर्गाबहादुर बस्नेत र माता बालकुमारी बस्नेतको कान्छो सुपुत्रका रुपमा जन्मिनु भएको उहाँले वि.सं.२०४१ साल  चैत्र २० गते अस्थायी शिक्षक र वि.सं. २०४७ जेठ ०१ देखि प्राथमिक स्थायी शिक्षक भई आनन्द आधारभूत विद्यालय रातामाटेमा लामो समय सेवा गर्नुभएको थियो । वि.सं. २०५७ सालबाट श्री ने.रा. आ.वि. बाँसपानीमा प्रधानाध्यापकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै जाने क्रममा वि.सं. २०७७ साल फागुन ०३ गतेको राती १:२० सदा-सदाको लागि आँखा चिम्लिनु भयो । 

शिक्षण पेसा मात्र नभएर नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक सँस्थामा आबद्ध भइ सामाजिक  क्षेत्रमा समेत सक्रिय रहने  मीठो बोलिका धनी बस्नेतको मृत आत्माको बैकुण्ठ बासको कामना गर्दै मधुवन नगरपालिकाभित्रका सामुदायिक तथा सँस्थागत विद्यालयका प्रधानाध्यापकहरूको मिति २०७७ फागुन ०४ गतेको बैठकले शोक प्रस्ताव पारित गर्दै मिति २०७७ फागुन ०६ गतेका दिन मधुवन नगरपालिकाका सबै सामुदायिक र सँस्थागत विद्यालयले शोक सभा गर्ने निर्णय समेत गरको थियो ।


प्रधानाध्यापक बैठकले गरेको निर्णय बमोजिम एउटा असल सहकर्मी, कुशल  शिक्षकको मृत आत्माको शान्तिको कामना गर्दै बैकुण्ठमा बास होस र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भन्ने कामनासहित मधुवन नगरपालिका वडा नं. २ स्थित श्री सूर्य आधारभूत विद्यालयमा पनि शोक सभा सम्मन्न भयो । शोक सभामा विद्यालयका प्रधानाध्यापकले जन्मपछि मृत्यु अनिवार्य रहेको तर राम्रा काम गर्न सकेमा पछिसम्म पनि धेरैको मनमा बस्न सकिने प्रसङ्गलाई जोड्दै सबैले असल काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Friday, February 12, 2021

बाल व्यवहार र अग्रजको भूमिका

February 12, 2021 0
बाल व्यवहार र अग्रजको भूमिका


बाल व्यवहार र अग्रजको भूमिका

 “ आहा ! कति राम्रो बच्चा । ” बाटोमा हिँडदै गर्दा चाहे कुकुरको होस् वा कुखुराको, बाख्राको होस् वा बंगुरको, चाहे मान्छेको होस् वा अरू कुनै प्राणीको बच्चा होस्,  देख्ने बित्तिकै प्रायः हामी धेरैको मुखबाट निस्कने वाक्य हो यो ।  हरेकका साना बच्चा राम्रा मान्छिन् । ऊ प्रति हाम्रो माया पलाउँछ । नजिक गएर खेलाइहालौं झै लाग्छ । खेलाइरहँदा हाम्रो शरीरमा आची गरिदिँदा पनि ऊ निर्दोष ठहरिन्छ । उसको तोते बोलीमा जादु भेटिन्छ । सुनुसनु झैँ लाग्छ । समग्रमा त्यो बच्चा सबैको प्यारो हुन्छ । समय दौडिँदै जान्छ । 

सोही समयको दौडानसँगै त्यही बच्चा अलि ठूलो हुँदै जान्छ । अनि हामी त्यही उसको जादुमय बोलीमा जिद्दीपन देख्न थाल्छौं । उसका क्रियाकलापभित्र उदण्डता भेटन थाल्छौं । उसका धेरै प्रश्नहरू देखि झर्को मान्न थाल्छौ । हामीलाई मनपर्ने वा  स्वीकार हुने व्यवहार प्रदर्शन गरे ठीकै छ । तर अलिकति  कमजोरी देखिएमा पनि ठुलै गल्ति गर्यो भन्ने सोच विकसित गर्न पुग्छौं । उसका साना गल्तिलाई  तिलको पहाड बनाएर ऊ माथि खनिने गर्दछौँ । उसका साना-साना कमजोरीलाई कोट्याई-कोट्याई उसलाई तनाव दिन पछि पर्दैनौं तर हामी कहिलेकाहीँ आफूले सामाजिक, पारिवारिक रूपमा अपाच्य कर्म गर्दा कहाँनिर चुक्यौं ख्याल गर्दैनौ । हाम्रै  कामको अनुशरण गरेर “ हजुरले गरेकै कार्य त मैले गरेको हो नि” भनेर भन्यो भने मुखाले र अनुशासनहीनको बिल्ला भिराउन पाउँदा आफैलाई महान ठान्न पुग्छौं । आफ्नो अहंकार प्रस्तुत गरिहाल्छौं । हाम्रा यस्तै व्यवहारले बालबालिकाको अन्तरस्करणमा चोट पुगी उनीहरूमा सकारपन ओझेल पर्दै नकारपनले मलजल पाउन कति समय लाग्ला र ? सुध्रनका लागि मिठो बोलीको साटो निरूत्साही व्यवहार मात्र प्रस्तुत गर्नाले उनीहरू समाजको दुस्ट पात्र बन्न के बेर ? सँधै अरूका उदाहरण मात्रै दिएर अरू जस्तै बनाउन खोजे उनीहरूका मौलिक प्रतिभा कहिले प्रस्फुटन हुने ? उनीहरूका कुरा तथा समस्या हामी अग्रज वा शिक्षकले नसुने कसले सुनिदिने ? यी र यस्ता यावत प्रश्नहरू आज हाम्रो अगाडि उभिएका छन् । जसको उत्तर खोज्नका लागि हामी अग्रजका काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ । बालबालिकाको व्यवहार र स्वभाव कस्तो बनाउने भन्ने कुरा हाम्रो दायित्वभित्र पर्न आएको छ ।


बालबालिका भनेका काँचो माटो हुन् । जसको अहिले कुनै आकार-प्रकार हुँदैन । उसलाई कुन आकार दिने, कस्तो रङ्ले सजाउने एवम् कुन उदेश्य प्राप्तितर्फ उन्मुख गराउने जस्ता पक्षहरूलाई मध्यनजर गर्दै अब हामी आफ्नो अभिमानका लागि बालबालिकाको अपमान नगरी उनीहरूलाई सम्मान गर्न सिकौं । बालबालिकासँग सरोकार राख्ने नीति तथा कार्यक्रममा उनीहरूलाई पनि सहभागिताको अवसर जुटाउँदै घरपरिवार, विद्यालयभित्र वा बाहिर पनि बालमैत्री व्यवहारलाई जोड दिउँ । हामी अग्रजहरूले आफू जस्तो सुकै आचरण गरे पनि बालबालिकालाई संस्कारी बनाउन सकिन्छ  भन्ने गलत सोँचाईलाई परिमार्जित गर्न सक्नुपर्छ । किनकी  अहिलेको युग धाक धम्कीको युग नभएर सौहार्दताको युग हो । कोही कसैभन्दा निर्बलियो भई धम्की सहेर दबिरहन पटक्कै मान्दैन । समयले साथ नदिएर दबेको भएता पनि मौका मिल्नासाथ बदला लिन दाउ हेरिरहेको हुन्छ । अतः झिना मसिना केही बालसुलभ तथा उपद्रवहरूलाई उसको स्वभाविक विकासक्रमको रूपमा बुझी मायालु व्यवहार प्रर्दशन गर्दै उचित मार्ग निर्देशन गर्न सके आजको बालबालिका नै भोलिका समग्र विकासको प्रवाहक बन्न सक्छन् ।

                                            प्रशुराम चौधरी

                                      प्रधानाध्यापक

                         (श्री सूर्य आधारभूत विद्यालय)

                                                                                         

पिपलको रुख

February 12, 2021 0
पिपलको रुख

 

प्रेरक कथा


पिपलको रुख

 
कु
नै एउटा गाउँमा  धेरै पुरानो पिपलको रूख थियो । बाटो ओहोर-दोहोर गर्ने बटुवाहरू थकाइ मार्नका लागि रोकिएर एकछिन त्यो पिपलको बोटमुनी बिसाउने गर्थे । साथै  गाउँका सबै मानिसहरू ज्यादै गर्मी हुँदा  यसको छायाँमा बस्थे । 
गाउँका विभिन्न किसिमका भेला तथा छलफल पनि सोही ठाउँमा बसेर गरिन्थ्यो । अझ कितपय धर्म मान्नेहरू त यसको पूजा पनि गर्ने गर्थे ।

 समय यस्तै बित्दै गयो ।  धेरै वर्ष पछि रूख सुक्न थाल्यो । त्यसका हाँगा भाँचिन थाले र यसको जरा पनि कमजोर हुन थाल्यो ।  गाउँलेहरूले सोँचे कि अब यो रूख काट्नुपर्दछ र यसको काठबाट  घरबारविहीनहरूका लागि घर बनाउनुपर्दछ ।


गाउँलेहरूले आरा र बन्चरोहरू ल्याइरहेको देखेर पिपलको नजिक उभिरहेको एउटा रूखले भन्यो- “काका ! यी मानिसहरूको कामका लागि तपाईं रिसाउनुहुन्न ? यी मानिसहरू कति स्वार्थी छन्, जब उनीहरूलाई तपाईंको खाँचो पर्थ्यो, तिनीहरूले तपाईंको आराधना गरे तर आज उनीहरूले तपाईंलाई भाँच्न र काट्न गइरहेका छन् ।  ”


पुरानो पिपलले  उत्तर दियो- "छोरा छैन ! म  धेरै खुसी छु कि मेरो मृत्यु पछि पनि म आज कसैको लागि काम लाग्न  सक्षम हुनेछु । " वास्तविक कुरा के हो भने परोपकारीहरू सधैं अरूलाई अनुकम्पा राख्छन् र उनीहरूको खुशीमा खुशी र खुशीलाई विचार गर्छन् ।


Tuesday, February 9, 2021

गृह मन्त्रालयको सुचना

February 09, 2021 0
गृह मन्त्रालयको सुचना


सार्वजनिक बिदा

सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।

साभार :- अनलाइन खबर

 

Friday, October 23, 2020

सिकाई सहजीकरण निर्देशिका २०७७

October 23, 2020 0
सिकाई सहजीकरण निर्देशिका २०७७

आधारभूत तह कक्षा ८ को विशिष्टिकरण तालिका (नमुना प्रश्नसहित)

October 23, 2020 1
आधारभूत तह कक्षा ८ को विशिष्टिकरण तालिका (नमुना प्रश्नसहित)

आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन निर्देशिका २०७५

October 23, 2020 0
आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन निर्देशिका २०७५

STEM शिक्षा व्यवस्थापन निर्देशिका २०७७

October 23, 2020 0
STEM शिक्षा व्यवस्थापन निर्देशिका २०७७

STEM शिक्षा मार्ग चित्र २०७७

October 23, 2020 0
STEM शिक्षा  मार्ग चित्र २०७७

Wednesday, October 21, 2020

विद्यालयको EMIS सहि तरिकाले कसरी भर्न सकिन्छ त ?

October 21, 2020 4
विद्यालयको EMIS  सहि तरिकाले कसरी भर्न सकिन्छ त ?

 


EMIS  भर्दा ध्यान दिनुपर्ने कुराहरू

१.  विद्यार्थीको विवरण अपडेट गर्दा साल २०७६ गर्ने अनि अपडेट गर्ने । नया विद्यार्थीलाई सेट year २०७७ गरेर इन्ट्री गर्ने,

२.  बाबिकेको रुपमा जे जस्ता कक्षा चलेपनि (Nursery, LKG, UKG) तिनलाई अपडेट गर्दा ECD repeated गरिदिने, इन्ट्री गर्दा पनि जे जस्तो कक्षा भएपनि ECD/PPC भनेर इन्ट्री गरिदिने,

३.  विद्यार्थी वा शिक्षकको विवरण गलत भएमा एडिट गरेर मिलाउने । यसरि मिलाउँदा Error आयो भने डेट / Time format लाई m/d/yyyy गर्ने,

४.  बाबिके देखि कक्षा १२ सम्मका हरेक खालका शिक्षकहरुको विवरण Teachers को रुपमा भर्ने, ( प्र. अ. पनि यसैमा हो)

५.  कर्मचारी भनेको शिक्षण पेसामा आबद्ध नभएकालाई बुझाउने हो । जस्तै आया, लेखापाल, सहयोगी कर्मचारी आदि ।

६.  पास गर्नुपर्ने विद्यार्थीलाई फेल गरियो, फेल गर्नेलाई पास गरियो भने एडिट क्लास details मा गएर मिलाउन सकिन्छ,

७.  एकचोटी इन्ट्री भइसकेको विवरण हटाउन मिल्दैन । त्यसैले बिद्यालयले खेलाची नगरी विवरण भर्ने हो । विवरण हटाउन दियो भने वर्षको शुरुमा एउटा सँख्या र अन्तिममा अर्को सङ्ख्या देखिन सक्छ ।

८.  डेट/time format मिलाउदा पनि भौतिकको खोल्न सकिएन भने इमेल गर्ने,

 ९.  बिद्यालयले पासवोर्ड बिर्सियो भने पालिकामा सम्पर्क गर्ने । पासवोर्ड बिर्सि राख्ने विद्यालयको लागि जरिवाना स्लिप भनेर काट्दा पनि केहि हुन्न पालिकाले । यसो गरियो भने बिद्यालयको खेलाची कम हुन्छ,

१०.  विद्यालयलाई भर्न आएन भने नजिकको विद्यालयसंग सहकार्य गर्ने, (नजानेको कुरो अरुसंग सिक्न के को लाज)

११.  Online मा View Excel मा गएर आफ्नो पुरानो एक्सेल download गर्न सकिन्छ,

१२.  अपलोड गरेको २४ घण्टापश्चात मात्र विद्यालयले अपलोड गरेको सहि एक्सेल download गर्न मिल्छ ।

१३.  अपलोडपश्चात बिद्यालयले SCHOOL REPORT CARD निकाल्न सक्छन ! त्यसैमा बिद्यालयको सबै विवरण हुन्छ !

१४.  Reporting प्रयोजनको लागि अंक हाल्न लाग्नु भएको छ भने मार्क Option मा theory/practical सेलेक्ट गर्ने, theory मा एकमुस्ट अंक हालिदिने,

१५.  शिक्षकको बिदा र तलबको विवरण नभर्ने,

१६. इमिस भर्ने म्याद लगायतसबै जानकारीको लागि doe.gov.np मा भएको सूचना हेर्ने वा स्थानीय तहले दिएको निर्देशन अनुसार गर्ने,

१७. छात्रवृत्तिको विवरण भर्दा रकम हालीराख्नुपर्दैन । कुन-कुन विद्यार्थीले के शीर्षकमा छात्रवृत्ति पाएको हो, त्यसैमा रेजा लगाईदिने । निजी विद्यालयको हकमा जे नामको छात्रवृत्ति भएपनि अन्यमा रेजा लगाउने । स्थानीय तहलाई छात्रवृत्तिको रकम पनि आवस्यक हो र स्थानीय तहले सोही अनुसार निर्देशन दिएको छ भने सोही अनुसार गर्ने,

१८. कुनै साल कुनै कारणबस विद्यार्थी छुट हुन गएको छ भने त्यस्ता विद्यार्थीलाई नया विद्यार्थीको रुपमा २०७७ मा इन्ट्री गर्ने,

१९. इमिसमा विद्यार्थी वा शिक्षकको विवरण थप गरेपछि वा अधयाबधिक गरेपछि जहिले पनि show रिपोर्ट गर्ने,

२०. कक्षा ८, कक्षा १०, कक्षा ११ र १२ को अंक इमिसमा हाल्नुपर्दैन । कक्षा ८ को पालिकाले र कक्षा १०, ११ र १२ को परीक्षा बोर्डले नतिजा निकाल्ने हुदा दोहोरो विवरण भर्नुपर्दैन,

२१. प्राबिधिक धार चलेको कक्षा (कक्षा ९) को पनि अंक हाल्नुपर्दैन ।  प्राबिधिक धार चलेको होइन भने चाही अंक हाल्नुपर्दछ ।

२२. विद्यार्थीको विवरण भर्ने ठाउमा भएको stream ले संकाय बुझाउछ । यो कक्षा ११ र १२ को लागि मात्रै हो,

२३. विद्यार्थीको विवरण भर्ने ठाउमा भएको Schooling source मा SOP/FSP/Others छ । SOP भन्नाले School Outreach Program, FSP भन्नाले Flexible Schooling Program र Others भन्नाले अनौपचारिकका अन्य कक्षा बुझाउदछ । यस्ता खालका अनौपचारिक कक्षाबाट कोही केटाकेटी बिद्यालयमा आएका हुन् भने सोही अनुसार भर्ने,

२४. विद्यार्थीको विवरण भर्ने ठाउमा भएको ECD Experience ले भर्ना हुन आएका विद्यार्थीले बाबिके अनुभब लिएको छ कि छैन भनेर भनेको हो । छ भने रेजा लगाउने ।  छैन भने खाली छोड्ने ! बाबिके भनेको ECD/PPC हो ।

२५.  कक्षा अपडेट गर्दा र विद्यार्थीको बर्षभरिको हाजिरी दिन हाल्ने ठाउमा space इन्ट्री भयो भने run time error देखिन्छ ।  यो एक्सेलकै समस्या हो । त्यसैले हाजिरीमा space नराख्ने ।

२६. कुनै विद्यार्थी गल्तिले दोहोरिएर इन्ट्री भयो भने एडिट गरेर त्यो विद्यार्थीमाथि अर्को विद्यार्थीको विवरण इन्ट्री गर्दा हुन्छ । तर विवरण हटाउन चाही मिल्दैन ।

२७. Passed एंड Transferred गर्नुपर्ने विद्यार्थीलाई गल्तिले passed गरियो भने एडिट मा एडिट क्लास details मा गएर विवरण मिलाउने । कसरि मिलाउने भन्ने जानकारीसहितको video यहि group मा छ ।  धेरै जसो बिद्यालयले फेरी अपडेट मा गएर अपडेट गर्ने र Passed & Transferred गर्नुहुन्छ, जुन गलत हो ।

२८. Passed एंड Transferred भनेको विद्यार्थी पास पनि भयो, विद्यालय छोडीदियो र अन्य विद्यालयमा गयो भन्ने बुझिन्छ ।  Failed & Transferred भनेको चाही विद्यार्थी परीक्षासम्म पनि बसेन, अर्को विद्यालयमा जानको लागि transfer certificate पनि लिएन र बिचमा नै विद्यालय छोडेको हो भन्ने बुझिन्छ  । passed एंड transferred विद्यालयको प्रोमोशन रेटसंग जोडिन्छ, failed एंड transferred बिद्यालयको dropout रेटसंग जोडिन्छ ।

२९. एक्सेलको अन्तिममा भएको EULA याने End User License Agreement मा बिद्यालयको प्र.अ. लगायतको विवरण हुन्छ ! प्र अ परिबर्तन भएपनि यो विवरण अध्यावधिक गरिराख्नुपर्दैन,

३०. शिक्षकको विवरण भर्दा TRK मा शीटरोल नम्बर राख्ने । PF A/C No मा संचयकोष नम्बर हाल्ने,

३१. छोडेर गएको शिक्षकको विवरण हटाउनु परेमा teacher मा जाने, Personal Details मा क्लिक गर्ने, र जुन शिक्षकको विवरण हटाउनुपर्ने हो त्यसलाई delete गरिदिने,

३२. शिक्षकको शैक्षिक योग्यता भर्ने फाराममा भएको education course ले सो शिक्षकले शिक्षा संकाय लिएर पढेको हो वा होइन भन्ने बुझाउदछ । पढेको हो भने रेजा लगाउने, पढेको होइन भने खाली छोडीदिने,

३३. शिक्षकको नियुक्ति वा शैक्षिक योग्यताको विवरण भर्दा १ भन्दा बढी विवरण छ भने Save and Add New गर्ने,

३४. शिक्षकको विवरण अध्यावधिक गर्नुपरेमा teacher मा जाने, Personal Details मा क्लिक गर्ने, र जुन शिक्षकको विवरण अध्यावधिक गर्नुपर्ने हो त्यसलाई एडिट गरेर अध्यावधिक गर्ने,

३५. २०७६ मा शिक्षक संख्या १२ थियो, सेट year गरेर २०७७ गर्दा ५ जना मात्रै शिक्षक देखायो ।  किन यस्तो भयो त ?  यस्तो विवरण मिलाउने तरिकासहितको video यहि group मा छ, सोहि अनुसार गर्ने,

३६. विद्यालयसंग आबद्ध भएको बाल बिकाश केन्द्र होस् वा विद्यालयसँग आबद्ध भएको सामुदायिक बालबिकास केन्द्र होस्, तिनको विवरण MISC को School Based ECD Quota र Community Based ECD Quota मा भर्नुपर्दछ । यो नभर्दा तलब लगायतमा समस्या पर्दछ,

३७. एक्सेलको सुरुवातमा जहिले पनि Buttons भन्ने शीट हुनुपर्दछ, यो भएन भने अपलोड गर्दा Wrong Excel भन्दछ ! शुरुमा त्यो शीट छैन भने तानेर शुरुमा ल्याउदा हुन्छ,

३८. एक्सेल अपलोड गर्नुपूर्व विद्यालयले profile मा गएर आफ्नो सबै विवरण मिलाउनुपर्छ । सहि सम्पर्क नम्बर, वार्ड नम्बर लगायतका विवरण हाल्नुपर्छ । बिद्यालयको profile मा बिद्यालयको प्रकार र कक्षामा रेजा लगाको छैन भने पालिकाको रेकर्डमा सो बिद्यालयको विवरण देखिदैन ।

 यसरी विद्यालयको Profile भर्दा:

Ø मदरसा  हो भने Madrassa मा रेजा लगाउने, जति कक्षासम्म चलेको छ सोहि अनुसार,

Ø गुम्बा हो भने Gumba मा रेजा लगाउने, जति कक्षासम्म चलेको छ  सोहि अनुसार,

Ø आश्रम हो भने Ashram मा रेजा लगाउने, जति कक्षासम्म चलेको छ सोहि अनुसार,

Ø कम्पनी ऐन अन्तर्गत चलेको संस्थागत (निजी) हो भने Institutional (Company) मा रेजा लगाउने, जति कक्षासम्म चलेको छ सोहि अनुसार,

Ø सामुदायिक गुठीअन्तर्गत चलेको संस्थागत (निजी) हो भने  Institutional (Public) मा रेजा लगाउने, जति कक्षासम्म चलेको छ  सोहि अनुसार,

Ø निजी गुठीअन्तर्गत चलेको संस्थागत (निजी) हो भने Institutional  (Private) मा रेजा लगाउने, जति कक्षासम्म चलेको छ सोहि अनुसार,

Ø सामुदायिक बिद्यालयले रेजा लगाउदा आफ्नो बिद्यालयमा चलेको  तहअनुसार रेजा लगाउनुपर्छ ! यसका लागि विद्यालयले Community Aided, Community Funded, Community teacher aid र Community unaided को बिचमा फरक थाहा पाउनु पर्छ । यो  गल्ति हुदा योजनामा पनि असर पर्छ,

Ø  Community aided भन्नाले तहगतरुपमा स्वीकृत दरबन्दीमा १ वा  सो भन्दा बढी शिक्षक छ भन्ने बुझिन्छ,

Ø Community funded भन्नाले तहगतरुपमा स्थानीयतहको स्रोत साधनमार्फत चलेको भन्ने बुझिन्छ,

Ø Community teacher aid भन्नाले तहगतरुपमा राहत दरबन्दीमा १ वा सो भन्दा बढी शिक्षक छ भन्ने बुझिन्छ,

Ø  Community unaided भन्नाले तहगतरुपमा दरबन्दी नै छैन भन्ने बुझिन्छ,

(उदाहरणको लागि कुनै सामुदायिक बिद्यालयमा बालबिकाश देखि कक्षा १० सम्म चलेको छ जसमा वालविकास कक्षा  स्थानीय तहको आफ्नै स्रोतमा, कक्षा १-५ मा स्वीकृत दरबन्दीमा २ जना र राहत दरबन्दीमा १ जना, कक्षा ६-८ मा राहत दरबन्दीमा २ जना र निजी स्रोत मा ३ जना र कक्षा ९-१० मा निजी स्रोतमा ३ जना शिक्षकहरु छन् ! यस्तो  अवस्थामा रेजा लगाउदा ECD/PPC मा Community funded गर्ने । कक्षा १ देखि ५ मा Community aided गर्ने, कक्षा ६ देखि ८ मा Community teacher aid गर्ने र कक्षा ९ देखि १० मा Community unaided गर्ने । मानौ कक्षा ६-८ मा स्वीकृति दरबन्दीमा १ जना, राहतमा १ जना र निजीमा १ जना छ भने Community aided मा रेजा लगाईदिने ।)

  साभार : समबेदन कोइराला