सार्वजनिक
बिदा
सरकारले
सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम
ल्होछार माघ ३० गते परेको छ ।
सोमबार
बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम
ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका
हिमाली समुदायले मनाउने गर्दछन् ।
यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड
पर्वको बिदा कटौती गरेको थियो । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर
पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै
विदा दिएको थियो ।
सरकारले
२०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर २०७४ सालदेखि सो
दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक
बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।
साभार :- अनलाइन खबर
No comments:
Post a Comment