October 2020 - Surya

Friday, October 23, 2020

सिकाई सहजीकरण निर्देशिका २०७७

October 23, 2020 0
सिकाई सहजीकरण निर्देशिका २०७७

आधारभूत तह कक्षा ८ को विशिष्टिकरण तालिका (नमुना प्रश्नसहित)

October 23, 2020 1
आधारभूत तह कक्षा ८ को विशिष्टिकरण तालिका (नमुना प्रश्नसहित)

आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन निर्देशिका २०७५

October 23, 2020 0
आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन निर्देशिका २०७५

STEM शिक्षा व्यवस्थापन निर्देशिका २०७७

October 23, 2020 0
STEM शिक्षा व्यवस्थापन निर्देशिका २०७७

STEM शिक्षा मार्ग चित्र २०७७

October 23, 2020 0
STEM शिक्षा  मार्ग चित्र २०७७

Wednesday, October 21, 2020

विद्यालयको EMIS सहि तरिकाले कसरी भर्न सकिन्छ त ?

October 21, 2020 4
विद्यालयको EMIS  सहि तरिकाले कसरी भर्न सकिन्छ त ?

 


EMIS  भर्दा ध्यान दिनुपर्ने कुराहरू

.  विद्यार्थीको विवरण अपडेट गर्दा साल २०७६ गर्ने अनि अपडेट गर्ने नया विद्यार्थीलाई सेट year २०७७ गरेर इन्ट्री गर्ने,

.  बाबिकेको रुपमा जे जस्ता कक्षा चलेपनि (Nursery, LKG, UKG) तिनलाई अपडेट गर्दा ECD repeated गरिदिने, इन्ट्री गर्दा पनि जे जस्तो कक्षा भएपनि ECD/PPC भनेर इन्ट्री गरिदिने,

.  विद्यार्थी वा शिक्षकको विवरण गलत भएमा एडिट गरेर मिलाउने यसरि मिलाउँदा Error आयो भने डेट / Time format लाई m/d/yyyy गर्ने,

.  बाबिके देखि कक्षा १२ सम्मका हरेक खालका शिक्षकहरुको विवरण Teachers को रुपमा भर्ने, ( प्र. . पनि यसैमा हो)

.  कर्मचारी भनेको शिक्षण पेसामा आबद्ध नभएकालाई बुझाउने हो जस्तै आया, लेखापाल, सहयोगी कर्मचारी आदि

.  पास गर्नुपर्ने विद्यार्थीलाई फेल गरियो, फेल गर्नेलाई पास गरियो भने एडिट क्लास details मा गएर मिलाउन सकिन्छ,

.  एकचोटी इन्ट्री भइसकेको विवरण हटाउन मिल्दैन त्यसैले बिद्यालयले खेलाची नगरी विवरण भर्ने हो विवरण हटाउन दियो भने वर्षको शुरुमा एउटा सँख्या अन्तिममा अर्को सङ्ख्या देखिन सक्छ

.  डेट/time format मिलाउदा पनि भौतिकको खोल्न सकिएन भने इमेल गर्ने,

 .  बिद्यालयले पासवोर्ड बिर्सियो भने पालिकामा सम्पर्क गर्ने पासवोर्ड बिर्सि राख्ने विद्यालयको लागि जरिवाना स्लिप भनेर काट्दा पनि केहि हुन्न पालिकाले यसो गरियो भने बिद्यालयको खेलाची कम हुन्छ,

१०.  विद्यालयलाई भर्न आएन भने नजिकको विद्यालयसंग सहकार्य गर्ने, (नजानेको कुरो अरुसंग सिक्न के को लाज)

११.  Online मा View Excel मा गएर आफ्नो पुरानो एक्सेल download गर्न सकिन्छ,

१२.  अपलोड गरेको २४ घण्टापश्चात मात्र विद्यालयले अपलोड गरेको सहि एक्सेल download गर्न मिल्छ

१३.  अपलोडपश्चात बिद्यालयले SCHOOL REPORT CARD निकाल्न सक्छन ! त्यसैमा बिद्यालयको सबै विवरण हुन्छ !

१४.  Reporting प्रयोजनको लागि अंक हाल्न लाग्नु भएको भने मार्क Option मा theory/practical सेलेक्ट गर्ने, theory मा एकमुस्ट अंक हालिदिने,

१५.  शिक्षकको बिदा तलबको विवरण नभर्ने,

१६. इमिस भर्ने म्याद लगायतसबै जानकारीको लागि doe.gov.np मा भएको सूचना हेर्ने वा स्थानीय तहले दिएको निर्देशन अनुसार गर्ने,

१७. छात्रवृत्तिको विवरण भर्दा रकम हालीराख्नुपर्दैन कुन-कुन विद्यार्थीले के शीर्षकमा छात्रवृत्ति पाएको हो, त्यसैमा रेजा लगाईदिने निजी विद्यालयको हकमा जे नामको छात्रवृत्ति भएपनि अन्यमा रेजा लगाउने स्थानीय तहलाई छात्रवृत्तिको रकम पनि आवस्यक हो स्थानीय तहले सोही अनुसार निर्देशन दिएको भने सोही अनुसार गर्ने,

१८. कुनै साल कुनै कारणबस विद्यार्थी छुट हुन गएको भने त्यस्ता विद्यार्थीलाई नया विद्यार्थीको रुपमा २०७७ मा इन्ट्री गर्ने,

१९. इमिसमा विद्यार्थी वा शिक्षकको विवरण थप गरेपछि वा अधयाबधिक गरेपछि जहिले पनि show रिपोर्ट गर्ने,

२०. कक्षा , कक्षा १०, कक्षा ११ १२ को अंक इमिसमा हाल्नुपर्दैन कक्षा को पालिकाले कक्षा १०, ११ १२ को परीक्षा बोर्डले नतिजा निकाल्ने हुदा दोहोरो विवरण भर्नुपर्दैन,

२१. प्राबिधिक धार चलेको कक्षा (कक्षा ) को पनि अंक हाल्नुपर्दैन  प्राबिधिक धार चलेको होइन भने चाही अंक हाल्नुपर्दछ

२२. विद्यार्थीको विवरण भर्ने ठाउमा भएको stream ले संकाय बुझाउछ यो कक्षा ११ १२ को लागि मात्रै हो,

२३. विद्यार्थीको विवरण भर्ने ठाउमा भएको Schooling source मा SOP/FSP/Others SOP भन्नाले School Outreach Program, FSP भन्नाले Flexible Schooling Program Others भन्नाले अनौपचारिकका अन्य कक्षा बुझाउदछ यस्ता खालका अनौपचारिक कक्षाबाट कोही केटाकेटी बिद्यालयमा आएका हुन् भने सोही अनुसार भर्ने,

२४. विद्यार्थीको विवरण भर्ने ठाउमा भएको ECD Experience ले भर्ना हुन आएका विद्यार्थीले बाबिके अनुभब लिएको कि छैन भनेर भनेको हो भने रेजा लगाउने  छैन भने खाली छोड्ने ! बाबिके भनेको ECD/PPC हो

२५.  कक्षा अपडेट गर्दा विद्यार्थीको बर्षभरिको हाजिरी दिन हाल्ने ठाउमा space इन्ट्री भयो भने run time error देखिन्छ  यो एक्सेलकै समस्या हो त्यसैले हाजिरीमा space नराख्ने

२६. कुनै विद्यार्थी गल्तिले दोहोरिएर इन्ट्री भयो भने एडिट गरेर त्यो विद्यार्थीमाथि अर्को विद्यार्थीको विवरण इन्ट्री गर्दा हुन्छ तर विवरण हटाउन चाही मिल्दैन

२७. Passed एंड Transferred गर्नुपर्ने विद्यार्थीलाई गल्तिले passed गरियो भने एडिट मा एडिट क्लास details मा गएर विवरण मिलाउने कसरि मिलाउने भन्ने जानकारीसहितको video यहि group मा  धेरै जसो बिद्यालयले फेरी अपडेट मा गएर अपडेट गर्ने Passed & Transferred गर्नुहुन्छ, जुन गलत हो

२८. Passed एंड Transferred भनेको विद्यार्थी पास पनि भयो, विद्यालय छोडीदियो अन्य विद्यालयमा गयो भन्ने बुझिन्छ  Failed & Transferred भनेको चाही विद्यार्थी परीक्षासम्म पनि बसेन, अर्को विद्यालयमा जानको लागि transfer certificate पनि लिएन बिचमा नै विद्यालय छोडेको हो भन्ने बुझिन्छ  passed एंड transferred विद्यालयको प्रोमोशन रेटसंग जोडिन्छ, failed एंड transferred बिद्यालयको dropout रेटसंग जोडिन्छ

२९. एक्सेलको अन्तिममा भएको EULA याने End User License Agreement मा बिद्यालयको प्र.. लगायतको विवरण हुन्छ ! प्र परिबर्तन भएपनि यो विवरण अध्यावधिक गरिराख्नुपर्दैन,

३०. शिक्षकको विवरण भर्दा TRK मा शीटरोल नम्बर राख्ने PF A/C No मा संचयकोष नम्बर हाल्ने,

३१. छोडेर गएको शिक्षकको विवरण हटाउनु परेमा teacher मा जाने, Personal Details मा क्लिक गर्ने, जुन शिक्षकको विवरण हटाउनुपर्ने हो त्यसलाई delete गरिदिने,

३२. शिक्षकको शैक्षिक योग्यता भर्ने फाराममा भएको education course ले सो शिक्षकले शिक्षा संकाय लिएर पढेको हो वा होइन भन्ने बुझाउदछ पढेको हो भने रेजा लगाउने, पढेको होइन भने खाली छोडीदिने,

३३. शिक्षकको नियुक्ति वा शैक्षिक योग्यताको विवरण भर्दा भन्दा बढी विवरण भने Save and Add New गर्ने,

३४. शिक्षकको विवरण अध्यावधिक गर्नुपरेमा teacher मा जाने, Personal Details मा क्लिक गर्ने, जुन शिक्षकको विवरण अध्यावधिक गर्नुपर्ने हो त्यसलाई एडिट गरेर अध्यावधिक गर्ने,

३५. २०७६ मा शिक्षक संख्या १२ थियो, सेट year गरेर २०७७ गर्दा जना मात्रै शिक्षक देखायो  किन यस्तो भयो ?  यस्तो विवरण मिलाउने तरिकासहितको video यहि group मा , सोहि अनुसार गर्ने,

३६. विद्यालयसंग आबद्ध भएको बाल बिकाश केन्द्र होस् वा विद्यालयसँग आबद्ध भएको सामुदायिक बालबिकास केन्द्र होस्, तिनको विवरण MISC को School Based ECD Quota Community Based ECD Quota मा भर्नुपर्दछ यो नभर्दा तलब लगायतमा समस्या पर्दछ,

३७. एक्सेलको सुरुवातमा जहिले पनि Buttons भन्ने शीट हुनुपर्दछ, यो भएन भने अपलोड गर्दा Wrong Excel भन्दछ ! शुरुमा त्यो शीट छैन भने तानेर शुरुमा ल्याउदा हुन्छ,

३८. एक्सेल अपलोड गर्नुपूर्व विद्यालयले profile मा गएर आफ्नो सबै विवरण मिलाउनुपर्छ सहि सम्पर्क नम्बर, वार्ड नम्बर लगायतका विवरण हाल्नुपर्छ बिद्यालयको profile मा बिद्यालयको प्रकार कक्षामा रेजा लगाको छैन भने पालिकाको रेकर्डमा सो बिद्यालयको विवरण देखिदैन

 यसरी विद्यालयको Profile भर्दा:

Ø मदरसा  हो भने Madrassa मा रेजा लगाउने, जति कक्षासम्म चलेको सोहि अनुसार,

Ø गुम्बा हो भने Gumba मा रेजा लगाउने, जति कक्षासम्म चलेको  सोहि अनुसार,

Ø आश्रम हो भने Ashram मा रेजा लगाउने, जति कक्षासम्म चलेको सोहि अनुसार,

Ø कम्पनी ऐन अन्तर्गत चलेको संस्थागत (निजी) हो भने Institutional (Company) मा रेजा लगाउने, जति कक्षासम्म चलेको सोहि अनुसार,

Ø सामुदायिक गुठीअन्तर्गत चलेको संस्थागत (निजी) हो भने  Institutional (Public) मा रेजा लगाउने, जति कक्षासम्म चलेको  सोहि अनुसार,

Ø निजी गुठीअन्तर्गत चलेको संस्थागत (निजी) हो भने Institutional  (Private) मा रेजा लगाउने, जति कक्षासम्म चलेको सोहि अनुसार,

Ø सामुदायिक बिद्यालयले रेजा लगाउदा आफ्नो बिद्यालयमा चलेको  तहअनुसार रेजा लगाउनुपर्छ ! यसका लागि विद्यालयले Community Aided, Community Funded, Community teacher aid  Community unaided को बिचमा फरक थाहा पाउनु पर्छ यो  गल्ति हुदा योजनामा पनि असर पर्छ,

Ø  Community aided भन्नाले तहगतरुपमा स्वीकृत दरबन्दीमा वा  सो भन्दा बढी शिक्षक भन्ने बुझिन्छ,

Ø Community funded भन्नाले तहगतरुपमा स्थानीयतहको स्रोत साधनमार्फत चलेको भन्ने बुझिन्छ,

Ø Community teacher aid भन्नाले तहगतरुपमा राहत दरबन्दीमा वा सो भन्दा बढी शिक्षक भन्ने बुझिन्छ,

Ø  Community unaided भन्नाले तहगतरुपमा दरबन्दी नै छैन भन्ने बुझिन्छ,

(उदाहरणको लागि कुनै सामुदायिक बिद्यालयमा बालबिकाश देखि कक्षा १० सम्म चलेको जसमा वालविकास कक्षा  स्थानीय तहको आफ्नै स्रोतमा, कक्षा - मा स्वीकृत दरबन्दीमा जना राहत दरबन्दीमा जना, कक्षा - मा राहत दरबन्दीमा जना निजी स्रोत मा जना कक्षा -१० मा निजी स्रोतमा जना शिक्षकहरु छन् ! यस्तो  अवस्थामा रेजा लगाउदा ECD/PPC मा Community funded गर्ने कक्षा देखि मा Community aided गर्ने, कक्षा देखि मा Community teacher aid गर्ने कक्षा देखि १० मा Community unaided गर्ने मानौ कक्षा - मा स्वीकृति दरबन्दीमा जना, राहतमा जना निजीमा जना भने Community aided मा रेजा लगाईदिने ।)

  साभार : समबेदन कोइराला